ghar sansar

इन्टरनेशनलका कार्कीको सुदूरपश्चिमै सर्वाधिक जीपीए

khasi

महेन्द्रनगर । इन्टरनेशनल पब्लिक स्कुलका सोमित कार्कीले एसईई परीक्षामा सर्वाधिक जिपिए ल्याएका छन् । उनले ४ जिपिए हासिल गरेका हुन् । कार्की भीमदत्त नगरपालिका ६ ऐठपुरका हुन् ।

dirghayi clinic

इन्टरनेशलन स्कुलको वार्षिकोत्सव अवसरमा केही महिना अघि कार्कीलाई इन्टरनेशनल प्राइड प्रदान गरिएको थियो ।
इन्टरनेशनल पब्लिक स्कुलबाट १ सय २४ परीक्षार्थीले परीक्षा दिएका थिए ।

 

उनीहरुमध्ये ३२ जनाले ‘ए प्लस’, ५६ जनाले ‘ए’, ३५ जनाले ‘बि प्लस’ र एक जनाले ‘बि’ ग्रेड प्राप्त गरेको विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले बताए ।

इन्टरनेशनलमा अध्ययनरत छात्र कार्की सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षामा सहभागी मध्ये सर्वाधिक जिपिए हासिल गर्ने विद्यार्थी बनेका छन् । यस इन्टरनेशनलका सुवास लामिछानेले नेपाल दोस्रो भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...