ghar sansar

बैतडीको मेलौलीमा हाकिमको कार्यकक्षमा वडा अध्यक्षद्वारा जिन्सी शाखा प्रमुखमाथि कुटपिट

khasi

महेन्द्रनगर । मेलौली नगरपालिका ९ का वडा अध्यक्ष लोकराज भट्टले जिन्सी शाखा प्रमुख चक्रमणी जोशीमाथि कार्यालयमा कुटपिट गरेका छन् ।

मेलौलीका प्रमुख प्रशासकीय अधिकृतसित कार्यकक्षमा छलफल भई रहेका बेला बिहीबार जोशीमाथि कुटपिट गरिएको थियो । जोशीको घाँटी अठ्याएर वडा अध्यक्ष भट्टले कुटपिट गरेको कार्यालयका कर्मचारीहरुले बताए ।

dirghayi clinic

यसैगरी नेपाल निजामति कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले जिन्सी शाखा प्रमुख जोशीमाथि भएको कुटपिट घट्नाको निन्दा गर्दै कारवाहीको माग गरेको छ।

संगठनका सुदूरपश्चिम प्रदेश महासचिव लक्ष्मणदत्त भट्टले विज्ञप्ति प्रकाशित गरी घट्नाको निन्दा गरेका छन् । उनले कर्मचारीलाई कामकाज गर्ने वातावरण बनाउन नगरपालिकासित माग गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...