ghar sansar

दोधारा चाँदनीको कुतियाकवरमा सेनाले बनायो सेफ हाउस, नगरपालिकालाई हस्तान्तरण

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ९ कुतियाकवरमा सेनाले सुरक्षित घर(सेफ हाउस) बनाएको छ । सेनाले मंगलबार सेफ हाउस दोधारा चाँदनी नगरपालिकालाई हस्तान्तरण गरेको छ । सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले सेनाको शीघ्र प्रभावी परियोजना अन्तर्गत यहाँ सुरक्षित घर निर्माण गरेको हो ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि गणेशकुमार श्रेष्ठले सुरक्षित घरको उद्घाटन गर्नुका साथै साँचो दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूलाई हस्तान्तरण गरेका छन्।

Anant bahu travels
dirghayi clinic

पृतनापति उपरथी श्रेष्ठले सुरक्षित घरको सदुपयोगसँगै मर्मत सम्भारमा ध्यान दिन नगरपालिकालाई आग्रह गरेका छन्। सेनाले सुरक्षित घर बनाइदिएपछि २०३९ सालदेखि बाढीको जोखिम मोलेर बस्दै आएका कुतियाकवरवासी खुसी भएका छन्। स्थानीय खड्के बुढाले सुरक्षित घरले मानवीय क्षति हुनबाट जोगिने आश जागेको बताए ।

करिब तीन महिना लगाएर सेनाले ६० जना क्षमताको दुई तले सुरक्षित घर बनाएको छ । सेनाले उक्त सुरक्षित घर दोधारा–चादँनी नगरपालिकालाई हस्तान्तरण गरेको छ । सुरक्षित घर बनेपछि कुतियाकवरका ४२ परिवार बाढीको बेला बाँचिने भयो भन्दै खुसी भएका छन् ।

जोगबुढा नदीमा पुल नहुँदा वर्खामा विद्यार्थी विद्यालय आवतजावत गर्न मुस्किल हुने गरेको छ। ४२ परिवारको बसोबास रहेको कुतियाकवर भारतीय सिमानासँग जोडिएको बस्ती हो। सो बस्ती २०२२ सालमा बसेको हो । कुतियाकवरका टङ्कलाल जोशीले नेपाली सेनालाई सेफ हाउस बनाउन दश धुर जमिन निःशुल्क उपलब्ध गराएका छन् ।

Himal dental
सम्बन्धित
Loading...