ghar sansar

भीमदत्तको ज्यादति विरुद्ध मजदुर आन्दोलित, प्रवेशद्वारमा धर्ना र प्रदर्शन

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मजदुर विपन्न गरिबमाथि ज्यादती गरेको भन्दै प्रवेशद्वारमा प्रदर्शन र धर्ना गरिएको छ ।

भीमदत्त आफैले अनुमति दिएको घर सरचना अवैध भन्दै तोडेर नागरिकमाथि ज्यादती गरेको भन्दै मंगलबार पालिका मुल गेटमा धर्नादेखि बिरोध प्रर्दशन गरेका हुन ।

dirghayi clinic

मंगलबार सालघारी र खोकाछाप्रावाला व्यवसायी मजदुरले भीमदत्त नगरपालिका मुल गेटमा धर्ना र बजारमा बिरोध प्रर्दशन गरेका छन ।

पालिकाले खोकाछाप्रामा रहेका १०वाई १०देखिका सबै सरचनामा डोजर लगाएर तोडफोड गरेर गरिखाने मजदुर वर्गको उठिबासी गरेको भन्दै पालिका बिरुद्धमा बिरोध प्रर्दशन गरेका हुन ।

एमाले नेता एव मजदुर नेता महेश पन्त, मजदुर नेता पदमराज जोशी आनन्द सिह धामी, नरेन्द्र राज ओझा सहितले धर्ना सम्बोधन गर्दै नगरपालिकाले नागरिकमाथि अति नै ज्यादती गरेको भन्दै अति नगर्न चेतावनी दिएका छन ।

नागरिक माथि ज्यादती गरेको भन्दै नरोके निरन्तर आन्दोलनको चेतावनी दिएका छन । उनीहरुले ०५३सालमा नगरविकास समितिले गरेका निर्णय कार्यान्वयनको माग अघि सारेका छन ।

Himal dental
सम्बन्धित
Loading...