ghar sansar

बाढीले बगाउँदा युवतीको मृत्यु

khasi

महेन्द्रनगर । बाढीले बगाउँदा कैलालीको गौरीगङ्गा नगरपालिकामा युवतीको मृत्यु भएको छ। कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ। प्रहरीका अनुसार काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएको हो ।

यता कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ। घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।

dirghayi clinic

बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए। ‘वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन् ।

यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्’, नगरप्रमुख चौधरीले भने, ‘डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने? पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन ।’

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ। भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्छ ।

Himal dental
सम्बन्धित
Loading...