

महेन्द्रनगर । बाढी प्रभावित भएका दोधाराचाँदनी नगरपालिकाका पीडितका लागि चौधरी ग्रूप सीजीले चाउचाउ र भुजिया हस्तान्तरण गरेको छ ।
मंगलबार नगरपालिका कार्यालयमा वाईवाई चाउचाउको महेन्द्रनगरस्थित अधिकृत बिक्रेता हेमराज भट्टले ७ नम्बरका वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्र र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि जोशीलाई चाउचाउ हस्तान्तरण गरे ।


बाढीपीडितका लागि सीजी फूड्स् नेपाल लिमिटेड सानेपा, ललितपुरले वाईवाई चाउचाउ २५ पेटी र वाईवाई भुजिया २० बोरा तथा राइजिङ सन एग्रो इन्डस्ट्रिज लिमिटेड रुपन्देहीले हाइलाइट चिउरा १० पेटी सहयोग गरेको छ ।
अविरल वर्षासँगै महाकाली र जगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधाराका सयौं परिवार विस्थापित भएका छन् ।
