

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ मटेनामा महाकाली सिँचाई आयोजना तेस्रो चरणको नहर भत्किएपछि स्थानीयका घर उच्च जोखिममा परेका छन् ।

चार दिनदेखि परेको अविरल वर्षाका कारण नहर भत्किएको हो । नहर भत्किएपछि स्थानीय नरेश खत्री, सम्भु ओड, सुरज नाथ, बिरेन्द्र विष्ट, भुपेन्द्र सिह धामी लगायतका दर्जनौँका घर कटानीको उच्च जोखिममा परेका छन् ।

स्थानीयले समस्याको समाधान नगभए आगामी दिनमा झन समान्य आउने चिन्ता गरेका छन् ।

