

महेन्द्रनगर । कृष्णपुर नगरपालिका– ७ का ५२ वर्षीय मोहन खडकाको बसको ठक्करबाट मृत्यु भएको छ ।

कार्की कटान स्थित वडा कार्यालय अगाडी अत्तरियाबाट शान्तिपुरतर्फ आउदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले सोही ठाउँ शान्तिपुर बस्ने पैदल यात्री खडकालाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक सोही ठाउँका २८ वर्षीय सुरेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

