ghar sansar

प्रचण्ड नेतृत्वको सरकारले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले जिल्लाभर सरकारी कार्यालयमा तालाबन्दी गर्दै

khasi

महेन्द्रनगर । कञ्चनपुरका निर्माण व्यवासयीहरुले भुक्तानी नदिने सबै सरकारी कार्यालयमा तालाबन्दी गर्ने तयारी गरेका छन् । कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाईमा आज जिल्लाभर भुक्तानी नदिने सबै कार्यालयमा तालाबन्दी गर्न लागिएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्म भुक्तानी पाउने आशमा बसेका व्यवसायीहरु भुक्तानी नपाएपछि बाध्य भएर तालाबन्दीमा जानु पने बाध्यत्मक अवस्था आएको कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए ।

ratnam
dirghayi clinic

अध्यक्ष भट्टका अनुसार जिल्लाभर सबै व्यवसायीको एक अर्ब जति भुक्तानी हुन बाँकी छ । संंघले यस अघि व्यवसायीलाई भुक्तानीका लागि पटक पटक कार्यालयलाई दबाब दिएको थियो ।

भुक्तानी नपाएपछि व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेकाले आन्दोलनमा जानु पर्ने अध्यक्ष भट्टले बताए ।

‘आर्थिक वर्षको अन्त्यसम्म भुक्तानी पाउने आशमा थियौ्, तर पाएनौ, यस अघिको सरकारसित पटक पटक माग राख्दा पनि सुनवाई भएन’ उनले भने,‘अब हामीसित आन्दोलनमा जाने बाहेक अन्य बाटो छैनन् ।’

Himal dental
सम्बन्धित
Loading...