

महेन्द्रनगर । सवारी दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । महेन्द्रनगर बजार सिचाँई कार्यालय नजिक र दोधारा चाँदनीमा गरी छुट्टाछुटै दुर्घटना परि एक भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको हो ।
मंगलबार मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार यूके ०३ ए ९०३४ नम्बरको मोटरसाईकलमा सवार चम्पावत मिन बजार बनबासाका अन्दाजी ३० बर्षिया चाँप पुरैसीको गड्डाचौकी रोड विद्युत कार्यालय क्षेत्रमा छाडा पशु चौपायासंग ठोकिएर घाईते भएको र उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए ।
यस्तै सोही दिन दोधारा चाँदनी नगरपालिका–४ चाँदनीमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाईकलमा सवार दुई मध्ये एक जनाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका–४ कञ्जभोज बस्ने अन्दाजि २५ बर्षिया सुरज सुनार रहेका छन् । भने अर्का सोहि ठाउँका अन्दाजि ४५ बर्षिया गोपाल सुनार घाईते छन् । उनको अहिले उपचार भईरहेको कञ्चनपुर प्रहरी प्रबक्ता डिएसपि जोशीले बताए ।
उनका अनुसार सुरजको दोधारा चाँदनी अस्पतालमा मृत्यु भएको र अर्का घाईतेको महाकाली अस्पतालमा उपचार भईरहेको छ । उनीहरू सवार मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
