ghar sansar

मुक्त कमैयाको पुनस्र्थापनले कहिलेसम्म पाउला पूर्णता

khasi

महेन्द्रनगर । कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुगेको छ। २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । अढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी पुनःस्थापनाको पर्खाइमा छन् । राज्यले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरे पनि आफूजस्तै सयौँ परिवार आज पनि पुनःस्थापनाको पर्खाइमा रहेको उनी बताउँछन् ।

‘राज्यले पुनःस्थापनाको काम अझै गर्न सकेको छैन । आजसम्म कमैयाले आफ्नो क्षमताले एउटा बस्ने घरसम्म बनाउन सकेका छैनन। अरुकै सहारामा बाँच्नु परेको छ’, चौधरी भन्छन्, ‘पटकपटक आश्वासन पायौँ। सहारा कहिल्यै पाएनौँ ।’

ratnam

शिवनगरकै रामफल चौधरीलाई बुढ्यौलीले छोइसकेको छ । सरकारले पुनःस्थापनाको ग्यारेन्टी गरेसँगै अरुको घरमा कमैया बसेर जीवन निर्वाह गर्दै आएका उनले २० वर्ष पुनःस्थापनाको आशामा शिविरमा बिताए। ‘पुनःस्थापनाको सम्झौता मात्रै भयो, हामी दशकौँदेखि कष्टकर जीवन बिताउन बाध्य छौँ।’

dirghayi clinic

शान्ताराम चौधरीको समस्या पनि उस्तै छ । आज पनि उनलाई अरुको घरमा काम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । ‘हिजो अरुको घरमा काम गर्दा आफ्नो स्वतन्त्रता थिएन । आज स्वतन्त्रता छ, फरक त्यति मात्र हो ।’

दुई दशक पहिला टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौँ मुक्त कमैया आश्रय लिएर आजसम्म बसोबास गर्दै आएका छन् । सो क्षेत्रमा मुक्त कमैया मात्र नभई सयौँ सुकुम्बासी पनि बसोबास गर्दै आएका छन्। ‘राज्यले उचित व्यवस्थापन गरेको भए अरुको जग्गामा बस्नुपर्ने बाध्यता हुँदैनथ्यो”, स्थानीय छेदु चौधरीले भने, ‘जग्गा जमिन नभएका हामी यो जग्गा छाडेर कता जान सक्छौँ ।’

मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सचिव विमल चौधरीले कैलालीमा अझै चार हजार २०० छुट मुक्त कमैयाको पुनःस्थापना गर्ने बाँकी रहेको बताए। प्रदेशमा झण्डै १२ हजार मुक्तकमैया परिवार छन्। टीकापुरमा मात्रै करिब ६ सय परिवार पुनःस्थापनाको पर्खाइमा छन् । मुक्तकमैया व्यवस्थापन गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गर्दै आएका सचिव चौधरीले बताए ।

‘राज्यले घोषणा गरेअनुसार सबै मुक्त कमैयाको व्यवस्थापन यथाशीघ्र हुनुुपर्छ’, उनले भने। शैलालीका ११ स्थानीय तहमा र कञ्चनपुरमा ६ स्थानीय तहमा मुक्त कमैया परिवारको बसोबास छ। कमैया मुक्तिको घोषणा भएको दिन स्थानीय तहले सार्वजनिक बिदा दिने गरेका छन् ।

मुक्त कमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...