ghar sansar

विपीको स्मरण

little buddha academy
khasi

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औं स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरण एक वर्षमा तीन दिन गरिन्छ । नेपाली कांग्रेसका संस्थापक नेता कोइरालाको समाजवादको सिको सबै राजनीतिक दलहरुले गर्ने गरेको भए पनि नेपाली कांग्रेसको नेता भएकै कारण यी खास दिनहरुमा उसले विपीलाई सम्झने गरेको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो ।

dirghayi clinic

प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ । नेपाली काँग्रेसले साउन ६ गते स्मृति दिवस देखि भदौ २४ जन्म दिवस र पुस १६ गते मेलमिलाप दिवसको रुपमा मनाउने गरेको पाइन्छ । वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए । २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

नेपाली साहित्यमा पनि बीपीको स्थान उचो छ । नेपाली साहित्यमा कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाइ, बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथा संग्र्रह श्वेत भैरवी र दोषी चश्मा प्रकाशित छन् । काव्य विधामा पनि उनले कलम चलाएका थिए । विपी कोइरालाले प्रतिपादन गरेको समाजवादलाई आप्mनो पार्टीको मूलमन्त्र बनाएको नेपाली कांग्रेस अहिले पू“जीवादी शैलीमा परिणत हुदै गएको छ । विपी कोइरालाको समाजवादलाई अंगालेकै कारण जनताले कांग्रेसलाई पटक पटक साथ दिएको छ । समाजवादको पक्षमा जनमत देखेपछि साम्यवादको नारा लगाउनेहरु पनि विस्तारै समाजवादतिर उन्मुख हुने थालेका छ । तर विपी कोइरालाको हिमयती भन्ने गरेको कांग्रेसले विस्तारै विपीको सिद्धान्त र विपीलाई विर्सिदै गएको पाइन्छ । कांग्रेसले अहिले वर्षको तीन दिन विपीको नाममा औपचारिक कार्यक्रम गरेर स्मरण गरेको पाइए पनि व्यवहारमा विप्लाई सम्झने कुनै कार्य गरेको पाइदैन ।

२०४६ सालको जनआन्दोलन पछि नेपाली कांग्रेस धेरै जसो सत्तामा नै आसिन भएको पाइन्छ । तर कसरी विपीको समाजवादलाई लागु गर्ने र जनअपेक्षा कसरी पुरा गर्ने भन्ने तर्फ सोच्ने फुर्सद पाएन । विपीले भनेका दिए मुलुकमा लोकतन्त्र स्थापना भए पनि सुकिला मुमिलाहरुको विगविग हुने छ र सच्चा देशभक्त कार्यकर्ता पछारिने छन् । कांग्रेसको शैलीले यो कुरालाई प्रमाण्तिा गरेको छ । नेपाली कांग्रेसका वर्तमान नेता र कार्यकर्ताको कार्यशैलीलाई देखेर नभएर विपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको योगदानलाई सम्झेर जनताले भोट दिने गरेका छन् । नेपाली कांग्रेसका नताहरु यही ढंगले राजनीति गर्ने हुन भने उहाहरुको योगदान के थियो अहिलेको पुस्तासंगै समाप्त भए पछि कांग्रेसको राजनीतिले पनि विश्राम पाउने निश्चित छ ।

Himal dental
सम्बन्धित
Loading...