ghar sansar

सिद्धार्थ बैंकले बनाई दियो लक्ष्मी मावि बागफाँटामा साईकल स्टेन्ड

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटाको लक्ष्मी माध्यमिक विद्यालयमा साईकल स्टेन्ड निर्माण गरिएको छ । सिद्धार्थ बैंकले समाजिक उत्तरदायी अन्र्तगत विद्यालयमा साइकल स्टेन्ड निर्माण गरिएको छ ।

dirghayi clinic

लक्ष्मी माविका प्रधानाध्यापक प्रमानन्द नाथले सिद्धार्थ बैंकको १ लाख २० हजार आर्थिक सहयोगमा विद्यालयमा साईकल स्टेन्ड निर्माण गरिएको बताए ।

ratnam

बैंकका तर्फबाट महेन्द्रनगर शाखा प्रमुख बिरेन्द्र सिह कार्की(क्षेत्री), शाखा प्रमुख निराकार बहादुर सिहले प्रअ प्रमानन्द नाथलाई १ लाख २० हजारको चेक हस्तान्तरण गरे ।

लक्ष्मी माविका अध्यक्ष दशरथ भण्डारीले यसरी बैंकले विद्यालयको बृद्धि विकासका लागि गरेको सहयोगले थप टेवा पुग्ने बताउँदै आगामी दिनमा थप सरकारी, गैर सरकारी क्षेत्रबाट सामुदायिक विद्यालय बृद्धि विकासमा सहयोग हुने आशा राखिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...