ghar sansar

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

little buddha academy
khasi

महेन्द्रनगर । कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र सञ्चालन प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिइएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

dirghayi clinic

नेपाल सरकारले २०७९ माघ २९ गते गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय अनुसार विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । उक्त विधेयक चालु अधिवेशनबाट नै पारित गरी विश्वविद्यालय स्थापना र सञ्चालनको वातावरण बनाउन संघर्ष समितिले आग्रह गरेको छ ।

राज्यबाट सुदूरपश्चिम अहिलेसम्म उपेक्षित पारिएकाले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउनु पर्ने माग गरिएको छ। सरकारलाई ६ सय शय्या क्षमताको अस्पताल चलाउन र विधेयक समेत पास गर्न ज्ञापनपत्रमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) र सचिव धर्मसिंह कुँवरसहितका समितिका सदस्यहरूले ज्ञापनपत्र बुझाएका हुन्। प्रमुख जिल्ला अधिकारी मिश्रले उक्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...