ghar sansar

दार्चुलाकी धनुसा यस कारण भइन महाकाली हाम फालेर वेपत्ता

khasi

महेन्द्रनगर । दार्चुलामा एक १७ वर्षीया विवाहित किशोरी महाकाली नदीमा हामफालेर बेपत्ता भएकी छन् । शनिबार महाकाली नगरपालिकाको खलंगास्थित महाकाली नदीमा हामफालेर बेपत्ता किशोरीको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र सिंहले बताए । हामफाल्ने किशोरी महाकाली नगरपालिका–१ की १७ वर्षीया धनिसा कुँवर रहेको खुलेको छ। उनको माइती परिवार दुहुँ गाउपालिका–४ मा बस्छ ।

धनिसा भने महाकाली नगरपालिका–१ मा आफुनो दिदि निर्मला कुँवरको घरमा बस्दै आएकी थिइन। शनिबार साँझ नदी छेउमा धेरै मानिसहरू उपस्थित थिए । तर किशोरीले आफूछेउ नआउन चेतावनी दिएकी थिइन्। उनी नजिक पुगेका सुरक्षाकर्मीले समात्नै लाग्दा महाकालीमा हामफालेर ती किशोरी छिनभरमै बिलाइन् ।

धनिसाले दुहुँकै उमेश कुँवरसँग २०८० भदौमा विहे गरेकी थिएन । धनिसाले उमेशले आफुलाई जबरजस्ती घरमा ल्याएर जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी नै दिएकी थिइन् । अहिले उमेश धनिसाले हालेको जबरजस्ती करणी मुद्दाकै कारण पुर्पक्षका लागि थुनामा छन्। तर धनिसाले केही महिनाअघि सार्वजनिक गरेको भिडियोमा उनले उमेशसँग विहे गरेको बताएकी छिन ।

dirghayi clinic

अहिले उमेश कुवँर प्रहरीलाई ज्यानमार्ने उद्योग र धनिसालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला कारागार दार्चुलामा छन् । दार्चुलाका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिँहका अनुसार धनिसा पछिल्लो केही दिन यता तनावमा थिइन। महाकाली किनारमा देखेपछि बचाउने कोशिश गरिएको भए पनि नसकिएको उनले बताए ।

धनिषामाथि श्रीमान् उमेशले पटक–पटक कुटपिट गर्नेदेखि घरमै थुनेर राख्ने गरेको विषय समेत बाहिर आएको छ। उक्त विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत परेको थियो ।

उजुरी परेपछि गत माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो । घरमा पुगेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि कुँवरले चक्कु नै प्रहार गरेर घाइते बनाएका थिए ।

त्यसपछि प्रहरी हिरासतमा रहेला बेला कुँवरलाई अस्पताल लग्दै गर्दा उनी हतकडीसहित भागेका थिए । भाग्न खोज्दा उनलाई प्रहरी जवान सुहान चौधरीले समात्ने प्रयास गरेका थिए । तर, ती अभियुक्त फरार भएर महाकाली तरेका थिए । उनलाई समात्न गएका प्रहरी जवान सुहान जिल्ला प्रहरी कार्यालयकै पछाडिपट्टीबाट लडेर घाइतेका भएका थिए ।

तर उपचार गर्न लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । कुँवरलाई भने पारी बसेका भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको थियो । यता एक्लै रहेकी धनिषा विभिन्न मानसिक तनावबाट गुज्रिरहेकी थिइन् । सोही कारण उनले देहत्याग गर्ने निर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...