

महेन्द्रनगर । किसान नेता भीमदत्त पन्तको ७१ औं स्मृति दिवस मनाइएको छ । अमर सहित भीमदत्त पन्त स्मृति प्रतिष्ठानले पन्तको स्मृति दिवसमा ब्रहम्देबमा विविध कार्यक्रम गरेको छ ।
सो अवसरमा ब्रह्मदेबस्थित पन्तको शालिकमा पुष्प गुच्छा अर्पण गरी माल्यार्पण गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद जोशी, उपाध्यक्ष नन्दादेबी धामी, सचिव कर्ण बहादुर चन्द, ब्रह्मदेब बजार व्यवस्थापन समितिका उपाध्यक्ष शंकर सिह विष्ट लगायतले शालिकमा शालिकमा पुष्प गुच्छा अर्पण गरे ।

शालिकमा माल्यार्पणपछि वृृक्षारोपण कार्यक्रम गरियो । सिद्धनाथ मन्दिरमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रममा अध्यक्ष जोशी सहितका सहभागी भए ।

प्रतिष्ठानले बर्सेनी साउन १७ गते पन्तको स्मृति दिवस मनाउँदै आएको छ ।



