

महेन्द्रनगर । कञ्चनपुरमा ३० औं विश्व आदिवासी जनजाति दिवस भव्य रुपमा मनाउने गरी तयारी थालिएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कञ्चनपुरले शुक्रबार दिवस मनाउने तयारी अघि थालेको छ ।
यस वर्ष संविधान प्रदत अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित स्वायत्त क्षेत्र, कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनवातीको भाषा लागू गर’ भन्ने नारा तय गरिएको छ ।

हरेक वर्ष अगस्ट ९ तारेखका लागि विश्व आदिवासी जनजाती दिवस मनाउने गरिएका छ ।
दिवसमा विविध जातिय, भाषिक, धार्मिक, कला संस्कृतिलाई प्राथमिकता दिँदै सांस्कृतिक झाँकी प्रदर्शन र विभिन्न छेत्रबात संस्कृति झल्काउने नृत्य लत्थौह्वा नाच, झुम्रा,सकिया,हुर्दुङा लगायत प्रस्तुत गरिने नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार दिवसमा झाकी सहित नृत्य पुरुष र महिला दुबैले परम्परागत पोशाकमा प्रस्तुत गर्ने तयारी भई रहेको छ । यसमा रंगीन परिधान र मनमोहक नृत्य मुभमेन्ट्सका साथ सांस्कृतिक कथाहरूको प्रदर्शन गरिने छ ।
