ghar sansar

नेपाल भारत मैत्री संघको तीन महिने सिलाई कटाई तालिम सुरु

khasi

महेन्द्रनगर । भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसर पारी कटाई सिलाई तालिम सुरु भएको छ । नेपाल भारत मैत्री संघ कञ्चनपुरले शुक्रबारदेखि तीन महिने तालिम सञ्चालन गरेको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा कार्यक्रम गरी तालिम उद्घाटन गरिएको छ । समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले तालिम उद्घाटन गरे ।

ratnam

उनले उद्घाटन कार्यक्रममा संघले नेपाल भारत दुबै देशका नागरिकको आपशी सम्बन्ध बलियो बनाउने कार्यमा पहल गर्र्दै आएको बताए ।

संघले आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने लक्ष्य राखेर तीन महिने तालिम सञ्चालन गरेको हो । तालिममा २५ जना सहभागी छन् ।

dirghayi clinic

संघको केन्द्रीय समितिको सहयोगमा सञ्चालन गरिएको तालिमको जिल्ला समितिले आयोजना र प्रदेश समितिले संयोजन गरेको छ ।

संघका कञ्चनपुर अध्यक्ष कृष्ण प्रसाद पाठकको अध्यक्षतामा गरिएको कार्यक्रममा संघका केन्द्रीय कार्य वाहक अध्यक्ष शैलेन्द्र झा लगायत पदाधिकारी, सदस्य सहभागी भएका छन् ।

कार्यक्रममा संघका केन्द्रीय कार्य वाहक अध्यक्ष झा सहित केन्द्रीय महासचिव बोधकृष्ण सुवेदी, संघका लुम्बिनी प्रदेश अध्यक्ष बासुदेब रिमाल, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष डम्बरदत्त पन्त लगायतले शुभ कामना मन्तव्य राखे ।

संघका केन्द्रीय सदस्य सन्तोसी ऐरी साउँदले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला उपाध्यक्ष शमरजङ्ग बहादुर चन्दले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे ।

कार्यक्रममा संघका केन्द्रीय सचिव अरुण कुमार पाण्डेय, सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिकृष्ण ठाकुर, संघका कैलाली अध्यक्ष राजीव कुमार गुप्ता, भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट लगायतका सहभागी भए ।

संघका कञ्चनपुर सचिव माधव प्रसाद जोशीले कार्यक्रम सञ्चालन गरे । कार्यक्रम समापन गर्दै संघका कञ्चनपुर अध्यक्ष पाठकलले संघको जिल्ला समिति गठनपछि सीमा क्षेत्र आवागमनलाई सहज बनाउने, दुबै देशका नागरिकको सम्बन्ध बलियो बनाउने लगायत गरिएको जानकारी दिए ।

 

Himal dental
सम्बन्धित
Loading...