

महेन्द्रनगर । पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा आचार्य कृष्ण दमाईंले पहिलो पटक दलित समुदायबाट पण्डित व्यासासनमा प्रवचन दिएका छन् ।

बैतडीका दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन् । उनी हाल भीमदत्त नगरपालिका ३ तिलकपुर बस्दै आएका छन् ।

यस अघि उनले महेन्द्रनगरस्थित शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तरमध्यमा र शास्त्री उत्तीर्ण गरेका थिए । उनी दलित समुदायका पहिलो आचार्य पनि हुन् ।
