

महेन्द्रनगर । निजामती कर्मचारी संगठन कञ्चनपुरले जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनका कञ्चनपुर जिल्ला अध्यक्ष मान बहादुर चन्दको सभापत्व तथा केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यता र केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण बिभाग प्रमुख भवानी दहाल, डा हिरा चन्द, केन्द्रीय सदस्य प्रताप चन्द, सुदूरपश्चिम प्रदेश महासचिव महादेव जोशीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा संगठनलाई थप बलियो बनाउन शुद्धीकरण गरि अघि बढनु पर्नेमा जोड दिदै प्रशिक्षण कार्यक्रम गरिएको जिल्ला अध्यक्ष चन्दले बताए ।
संगठनका केन्द्रीय अध्यक्ष काईरालाले सबै तह र तप्कामा कार्यरत कर्मचारीको हक, अधिकारको पक्षमा संगठन अडिक रहेको कुरा जाहेर गरे । उनले कार्यक्रममा बोल्दै भने “संघिय निजामति ऐन छिट्टै जारी गरिन लागेको भन्दै त्यसमा संघ, प्रदेश र स्थानिय तहमा कार्यरत कर्मचारी अटाउने गरी ऐन जारी हुने कुरा बताए ।

अहिले सबै भन्दा मारमा स्थानिय तहमा कार्यरत कर्मचारी रहेका भन्दै केन्द्रीय अध्यक्ष कोईरालाले भने ञसंघय निजामति ऐेन जारी हुनेवित्तीकै ऐेनबाट त्यसो समस्या समेत हल हुने धारणा उनले ब्यक्त गरे ।झउहाँले संगठन बलियो बनाउन सबै तहमा रहेका कर्मचारी साथीहरूले आ–आफ्नो ठाउँबाट खटिन र व्यक्तिगत स्वार्थबाट माथि उठेर संगठनको हितमा काम गर्न समेत अनुरोध गरे ।
संगठनका केन्द्रीय सदस्य प्रताप चन्दले सुदूरपश्चिममा संगठन अहिले राम्रो अवस्थामा रहेको र त्यसलाई अझ बलियो बनाएर अघि बढनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भने ञकञ्चनपुरमा संगठनको अवस्था सबै जिल्ला भन्दा राम्रो छ, सबै साथिहरूले थप सदस्यता बढाउन आवश्यक रहेको र त्यसमा सबै स्थानीय तहमा रहेका साथिहरूले थप जिम्मेवार भएर लाग्न अनुरोध गरे ।
हाललाई संगठनले गर्नु पर्नेकाम अन्तरगत संगठन शुद्धीकरणलाई निरन्तरता, संघिय निजामती ऐेन संसदबाट तत्काल जारी गर्न दवाफ सिर्जना गर्ने र संगठनलाई थप मजबुद बनाउन प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिईने कार्यक्रम रहेको निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष चन्दले बताए ।
संगठनका केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण बिभाग प्रमुख भवानी दहाल र डा हिरा चन्द ले प्रशिक्षण दिए । चन्दले संगठनको बारेमा र दहालले आन्तरिक संगठन सुदृढीकरण तथा बैठक सञ्चालन लगायत बिषयमा प्रशिक्षण दिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष, प्रदेश र जिल्लाका सबै स्थानिय तहमा कार्यरत कर्मचारी नेताहरूको सहभागितामा प्रशिक्षण तथा संगठन शुद्धीकरण कार्यक्रम गरिएको छ ।
