


महेन्द्रनगर । भीमदत्त नगरपालिका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरबाट सोही ठाउँ बस्ने २८ वर्षीय पंकज चौधरी आईतवार पक्राउ परेका हुन् ।
चौधरीलाई ०.२७ ग्राम लागू औषध सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
