ghar sansar

एनएमबी बैंकले बनायो बैजनाथ आधारभूत विद्यालयमा खानेपानी टयाङ्की

little buddha academy
khasi

महेन्द्रनगर । एनएमबी बैंक लिमिटेड महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिका १४ वनकट्टीस्थित बैजनाथ आधारभूत बिद्यालयमा खानेपानी टयाङ्की निर्माणमा सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यार्थीकोे स्वास्थ्य तथा शैक्षिक बिकासमा सहयोग पुग्नुका साथै विद्यालयमा खानेपानीको सहजता हुने उदेश्यले बिद्यालयलाई खानेपानी टयाङकी निर्माणमा सहयोग गरेको छ ।

,orning glory badhai
dirghayi clinic

बिद्यालयमा बिहीबार आयोजित कार्यक्रममा बैंकका बरिष्ठ एरिया मेनेजर शुसिल बहादुर सिँहले बिद्यालयलाई खानेपानी टयाङकी निर्माणका लागि चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका तर्फबाट एरिया मेनेजर शुसिल बहादुर सिंह, महेन्द्रनगर शाखा प्रमुख खेमराज उपाध्याय, बि.डि.एम. अन्जु भट्ट सहभागी भए । यसैगरी विद्यालयका तर्फबाट बिद्यालय व्यवस्थापक समितीका अध्यक्षका साथै अन्य प्रतिनिधि, वडा कार्यालयका प्रतिनिधि, शिक्षक अिभभावक संघका अध्यक्ष, प्रधानाध्यामक तथा शिक्षक–शिक्षिका, विद्यार्थी, कर्मचारी सहभागी भएका छन् ।

एनएमबि बैंक लिमिटेड बैंक अफ द ईयर, नेपाल २०१७, २०१८ र २०२० तथा द बैंक अफ द इयर एसिया २०२० बिजेता बैंक हो । यस बैंकलेृ देशका बिभिन्न ठाँउमा यस प्रकारका सामाजिक कार्यकमहरु गर्दै आई्हेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...