ghar sansar

बझाङमा पहिरोले घर पुरिँदा दुई बालिका सहित ४ जनाको मृत्यु

khasi

महेन्द्रनगर । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

dirghayi clinic

इलाका प्रहरी कार्यालय बुङ्गलका सई विरसिंह ठगुन्नाका अनुसार पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको हो ।

ratnam

वीरबहादुरकी श्रीमती, बुहारी र दुई नातिनीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...