

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका ६ भुराकोटकी एक किशोरी धनगढीमा मृत फेला भेटिएकी छन् । आइतबार धनगढी उपमहानगरपालिका १ हसनपुरमा डेरागरी बस्ने १९ वर्षीया आस्था थापा मृत अवस्था फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

प्र्रहरीका अनुसार थापा आफू बस्ने कोठा भित्र झ्यालको ग्रिलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । यता “शव झ्यालबाट भुइँ छुने गरी अपत्यारिलो तवरले झुण्डिएको अवस्थामा देखेपछि आफन्तहरुले – आस्थाको हत्या भएको आशंका गरेका छन् ।

उनीहरूले घटनाको सत्य तथ्य छानबिन नहुन्जेल तत्काल शव नबुझ्ने चेतावनी समेत दिएका छन् । आस्था धनगढीको शैलेश्वरी स्कुल अफ हेल्थ साइन्समा एच–ए प्रथप वर्षमा अध्यनरत जेहेन्दार छात्रा हुन् । यद्यपि कैलाली प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
