ghar sansar

कुटपिट मुद्दामा फरार प्रतिवादी पक्राउ

khasi

महेन्द्रनगर । कुटपिट मुद्दामा फरार रहेका बैतडीका एक जना पक्राउ परेका छन् । कुटपिट मुद्दामा दोषी ठहर भई फरार रहेका मेलौली नगरपालिका–१ बस्ने ४३ वर्षीय जनार्दन नेगी मंगलवार पक्राउ परेका हुन् ।

dirghayi clinic

नेगीलाई बैतडी जिल्ला अदालतको मिति २०८० श्रावण २८ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरीवाना तोकिएपछि उनी फरार रहेका थिए ।

नेगीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलवार दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारबाट पक्राउ गरेको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...