ghar sansar

कञ्चनपुरका स्थानीय तहले लिजामा ल्याए यस्तो नतिजा

khasi

महेन्द्रनगर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा शुक्लाफाँटा नगरपालिका पहिलो भएको छ ।

शुक्लाफाँटा लिजामा ८५.२५ अंक प्राप्त गर्दै जिल्लामै पहिलो बनेको हो । कञ्चनपुरका पालिकाहरुमा भीमदत्त नगरपालिका लिजामा दोस्रो भएको छ । भीमदत्तले ८४.२५ अंक प्राप्त गर्दा बेदकोट नगरपालिका ८३.७५ अंक ल्याउँदै तेस्रो भएको छ ।

लिजामा पुनर्वास नगरपालिकाको ८१.७५ अंक, बेलौरी नगरपालिका ७९७५ अंक, बेलडाँडी गाउँपालिका ७६.५० अंक रहेको छ । यसैगरी, कृष्णपुर नगरपालिकाको ७३.२५ अंक, दोधाराचाँदनी नगरपालिकाको ७१.५० अंक र लालझाडी गाउँपालिकाको ५९.७५ अंंक रहेको छ ।

dirghayi clinic

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधिले लिजाको कार्यान्वयनमार्फत स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न सघाउँछ ।

विकास तथा सुशासनका सन्दर्भमा रहेका कमीकमजोरी पहिल्याउन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहका बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने अभीष्ट राखेको छ । कार्यविधिमा स्थानीय तहमा स्वमूल्यांकनका लागि दसवटा विषय क्षेत्रमा विभिन्न सूचक निर्धारण गरिएका छन् ।

ती विषय क्षेत्रमा शासकीय प्रबन्ध, संगठन र प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र न्यायिक कार्यसम्पादन छन् ।

यसैगरी, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन एवं सहकार्य र समन्वयजस्ता विषयलाई समेत स्वमूल्यांकनमा समावेश गरिएको छ ।

यी दस वटा विषय क्षेत्रमा विभिन्न १ सय वटा सूचक निर्धारण गरी १ सय नै पूर्णाकं रहने गरी प्रत्येक सूचकको निश्चित अंकभार समेत निर्धारण गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...