ghar sansar

कञ्चनपुरका भट्टलाई मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जगदिश प्रसाद भट्टलाई भलिबलको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

काभाका विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीलाई‌ पुरस्कृत गर्न शनिबार आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए । नयाँ जिम्मेवारीको पत्र भने आइतवार दिइने उनले बताए ।

,orning glory badhai

भट्ट झण्डै ३ दशकदेखि राखेपमा‌ कार्यरत छन् । २०५३ मा। राखेप प्रवेश गरेका उनी २०६१ मा सहायक प्रशिक्षकमा स्थायी भएका थिए ।

dirghayi clinic

भट्टले राखेप र नेपाल भलिबल संघसँग भलिबल विकासका लागि आफूले पुलको भूमिका निर्वाह गर्न कोशिस गने बताएका छन् । उनले भने,’ अहिले भलिबल लोकप्रिय खेल बनेको छ । यसलाई थप लोकप्रिय, व्यवसायिक र युवा खेलाडी उत्पादनमा मेरो प्रयास हुनेछ ।’

प्रज्वलबहादुर सिंहको अवकाशपछि राखेपको मुख्य भलिबल प्रशिक्षकको पद रिक्त थियो। भीमदत्त नगरपालिका १५ का पूर्व राष्ट्रिय खेलाडी समेत रहेका भट्ट नेपालका सफल भलिबल प्रशिक्षक हुन् ।

काभा सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपाली महिला टोलीलाई दुई पटक च्याम्पियन बनाएका भट्टको नेतृत्वमा महिला टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक रजत पदक जिताएका थिए ।

उनको प्रशिक्षणमा महिला टोलीले गत महिना काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक जितेको थियो । त्यसकै लिगमा नेपाली‌ टोलीले भलिबल इतिहासमा नै पहिलो पटक भारतलाई हराएको थियो ।

Himal dental
सम्बन्धित
Loading...