
ब्रह्मदेबमा सिद्धनाथ मन्दिर समितिले देउडा खेल प्रतियोगिता आयोजना गर्ने, देडडियालाई नाम दर्ता गराउन आग्रह

महेन्द्रनगर । ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिले गौरा पर्वमा देउडा खेल प्रतियोगिता गर्ने भएको छ । समितिले भदौ १३ देखि २० गतेसम्म देउडा खेल प्रतियोगिता आयोजना गर्ने समितिका अधयक्ष नारायण सिह महताले जानकारी दिए ।
प्रतियोगिताका लागि देउडा कार्यक्रम उप समिति गठन गरी तयारी गरिएको छ । समितिले विगतदेखि गौरा पर्वमा देउडा प्रतियोगिता आयोजना गर्दै आएको छ ।


समितिले प्रतियोगितामा भाग लिन चाहने देउडिया कलाकारहरुलाई भदौ १२ गतेसम्म नाम दर्ता गराउन आव्हान गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने देउडियालाई पुरस्कार दिइनेछ । समितिका अध्यक्ष महताका अनुसार ३५ हजार प्रथम पुरस्कार, २५ हजार द्वितीय, १५ हजार तृतीय र १० हजार सान्तवना पुरस्कार राखिएको छ ।

