


महेन्द्रनगर । कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पुनर्वास नगरपालिका–८ खड्डाघाटका ६० वर्षीय श्रीराम राना मृत फेला परेका हुन ।
राना नदिपारि भारतको जंगलमा घाँस काट्न गएकोमा अबेर सम्म घर नफर्किदा उनका छोराले खोज तलास गर्ने क्रममा सोहि ठाउँ स्थित खड्डाघाट नदिमा मृत्त अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
