

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हेमबिक्रम थापाले काँग्रेस एमाले गठबन्धन असफल भए देशको हालत सोच्न नसकिने हुने बताएका छन् ।
निर्माण व्यवसायी संघ कञ्चनपुरको २७ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा उनले देशका लागि दुई ठूला दलको गठबन्धन बाहेक अन्य विकल्प बाँकी रहेको उल्लेख गरे ।

‘अहिले काँग्रेस र एमाले मोर्चा गरी सरकार चलाई रहेका छन्, यो पनि फेल भयो भने हेर्न होला २०८४ मा यो देशको हालत अर्कै हुन्छ’ पूर्व अध्यक्ष थापाले भने ।
पूर्व अध्यक्ष थापाले गृहमन्त्री रमेश लेखक कञ्चनपुरका भएकाले उद्यमी व्यवसायीले आफ्ना समस्या समाधानका लागि दबाव दिनु पर्नेमा जोड दिए ।
‘वहाँ यता पनि आउँदै हुनु हुन्छ, म शिवधाम क्षेत्र विकास समितिको अध्यक्ष पनि हो, प्रहरीको भवन उद्घाटनपछि वहाँको पनि शिवधाम दर्शन इच्छा त पक्कै होला’ उनले भने ।
