ghar sansar

भीमदत्तले दियो ८६ वर्षमाथिका ज्येष्ठ नागरिकलाई छाता र टर्च लाइट

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगरपालिकाले ८६ वर्ष उमेर माथिका ५ सय ७५ जना ज्येष्ठ नागरिकलाई छाता र टर्च लाईट दिएको छ । भीमदत्तका मेयर पदम बोगटीले ज्येष्ठ नागरिकलाई छाता र टर्च वितरण गरेका छन् ।

dirghayi clinic

मेयर बोगटीले वर्षातको समयमा विषालु सर्प, किरा पट्याङग्रा र अँध्यारोमा लड्ने, चिप्लने लगायतको जोखिम हुने भएकाले ज्येष्ठ नागरिकलाई छाता र टर्च लाईट वितरण गरिएको बताए ।

भीमदत्त नगरपालिकाका अनुसार वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १० मा क्रमश २०, ३६, ३०, २१, २०, ३४, ४०, ४३, ३६, ६७ जना जेष्ठ नागरिकलाई छाता र टर्च लाईट वितरण गरिएको छ ।

यस्तै वडा नम्बर ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ मा क्रमश २१, १९, १६, २०, २५, १६, २०, ६७, २४ जना गरि ५७५ जना जेष्ठ नागरिकहरुलाई वितरण गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...