


महेन्द्रनगर । खुकुरी प्रहार गरेर एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका–८ कुँवर टोलमा डेरा गरी बस्ने अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका ४२ वर्षीय जहरसिंह कुँवरले आफ्नो श्रीमतीको हत्या गरेका हुन । उनलाई आफ्नै श्रीमती ४० वर्षीया राधिका कुँवरको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जहरसिंहले विवादको क्रममा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी राधिकाको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
