ghar sansar

लगातारको वर्षाले सुदूरपश्चिममा दुई बालिका वेपत्ता, तीन जना घाइते, कैलाली र कञ्चनपुरमा दुई सय बढी परिवार विस्थापित

वर्षाले गरेको क्षतिप्रति मन्त्री भण्डारीद्धारा दुःख व्यक्त

little buddha academy
khasi

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबारदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भइरहेको लगातारको भारी वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

मन्त्री भण्डारीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरेर दुःख व्यक्त गरेका हुन् । उनले सुदूपश्चिमको डडेल्धुराको परशुराम नगरपालिका–८ की १४ वर्षीया प्रतिमा धामी र डोटीको केआइसिंह गाउँपालिका–४ की आठ वर्षीया निर्मला चन्द बेपत्ता हुनुका साथै तीन जना घाइते र केही पशुचौपायासमेत मरेको घटनाले आफुलाई निकै दुःखित तुल्याएको विज्ञप्तिमार्फत जनाएका छन् ।

यसैगरी उनले केही दिनयता सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको र मौसमविद्हका अनुसार अझै एक दिन निरन्तर वर्षाको सम्भावना रहेकाले प्राकृतिक विपद्को समयमा सबैलाई संयमित भई सुरक्षित रहन आग्रह गरेका छन् ।

dirghayi clinic

“प्राकृतिक प्रकोपका कारण बेपत्ता भएकाहको तदारुकताका साथ खोजीमा लाग्न र विपद्का कारण भएको क्षतिको एकिन विवरण सङ्कलन गरी उद्धार तथा राहतलाई निरन्तरता दिन र त्यस्ता घटना हुने सम्भावित क्षेत्रका लागि तयारीमा रहन नेपाल सरकारका सम्बन्धित निकाय एंव त्यस क्षेत्रमा कार्यरत सबै संघ संस्थाहलाई आग्रह गर्दछु”, मन्त्री भण्डारीद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेकाले कैलालीका एक सय ४६ परिवारका पाँच सय ४७ जना विस्थापित भएका छन् भने कञ्चनपूरको दोधारा चादँनी, पुनर्वास र भिमदत्त नगरपालिकाका ८३ परिवारका दुई सय ४६ जना विस्थापित भएका छन् ।

यसैगरी बैतडीको दशरथचन्द नगरपालिका–११ बगलेखानमा चार घर जोखिममा परेका मन्त्री भण्डारीद्धारा प्रकासशत विज्ञप्तिमा उल्लेख छ ।

वर्षाकै कारण भिमदत्त पन्त राजमार्ग, जयपृथ्वीबहादुर सिंह राजमार्ग र डा केआइसिंह राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भई आवतजावत प्रभावित बनेको जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...