

महेन्द्रनगर । ज्ञान भण्डारका सञ्चालक पुस्तक तथा स्टेशनरी व्यवसायी बासुदेब बोहराको स्मृतिमा आयोजना गरिएको दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि इन्टरनेशनल पब्लिक स्कुलले हात पारेको छ ।
भदौ २२ गतेदेखि सञ्चालित प्रतियोगिता सोमबार समपन्न फाइनलमा बैजनाथ मावि जडेपानीलाई पराजित गरी इन्टरनेशनले उपाधि जितेको हो ।


प्रतियोगितामा ३२ विद्यालयका ३५ टीमले भाग लिएका थिए । फाइनलमा बैजनाथ माविलाई २÷१३ को फराकिलो अन्तरले हराउँदै इन्टरनेसनलले उपाधि चुमेको हो ।
इन्टरनेसनलले नगद ५५ हजार ५ सय ५५ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको । दोस्रो स्थान हासिल गर्ने बैजनाथ माविले नगद २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । बैजनाथ मावि जडेपानीका खेलाडी धिरेन्द्र दमाइ म्यान अफ दि म्याच भएका छन् ।
स्वर्गीय बोहराका छोरा गौरव बोहराको अध्यक्षतामा कार्यक्रम गरी प्रतियोगिता समापन गरिएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समित कञ्चनपुरका अध्यक्ष कुवेर खड्का प्रमुख अतिथि थिए । प्याब्सन कञ्चनपुरका सचिव राकेश चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

