ghar sansar

सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि. कञ्चनपुरको १६ औं वार्र्षिक साधारण सभा तथा निर्णय प्रमाणीकरण सभा सभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी साधारण सभा गरिएको छ ।

भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित सहकारी संस्थाको सभा कक्षमा गरिएको कार्यक्रमको अध्यक्षतामा कार्य वाहक अध्यक्ष गंगादत्त जोशीले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक जोशीले साधारण सभा उद्घाटन गर्दै सहकारीका शेयर सदस्य नै सहकारीको मालिक भएको बताए ।

,orning glory badhai

‘सहकारी बैंक र लघु बित्त जस्तो होइन, सहकारीमा तपाई सबै शेयर सदस्य नै मालिक हो’ उनले भने,‘त्यसैले सहकारीको विकास र प्रवद्र्धनमा सबै शेयर सदस्यको भूमिका महत्वपूर्ण हुन्छ ।’

कार्यक्रममा सहकारीका सल्लाहकार एबम् योग प्रशिक्षक गंगादत्त जोशीले सहकारीका तलब सेवा सुविधा बढाएर सहकारी संस्थालाई बलियो बनाउन पर्नेमा जोड दिए ।

सुदूरपश्चिम विशिष्ठकृत सहकारी संघका अध्यक्ष एबम् उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले ऐन निकाय पालन गरी सञ्चालन गरिएका सहकारी संस्थाका कुनै पनि समस्या नभएको बताए ।

सहकारी ऐन २०४८ लागू भएपछि सहकारीको संख्यात्मक वृद्धि भए पनि गुणात्मक अवस्थालाई लिएर प्रश्न उठ्ने गरेको अध्यक्ष चन्दको भनाई थियो । ‘गुणात्मक सेवा प्रवाह गर्न नसकेकाले हामीप्रति प्रश्न उठेको हो’ उनले भने ।

संसदीय छानबिन समितिले संसदमा प्रतिवेदन प्रस्तुत गरेकाले सहकारीका समस्या समाधान हुन सहज हुने विश्वास उनले व्यक्त गरे ।

अध्यक्ष चन्दले सहकारी संस्थाका शेयर सदस्य र बचतकर्तालाई सहकारीका ऐन नियम कानुन अनुसार कारोबार गर्न आग्रह गरे ।

‘सहकारी ऐनमा एक जना एकै एक जना एक सहकारीमा शेयर सदस्य हुने व्यवस्था छ, शेयर सदस्यले पनि सहकारीका ऐन नियम कानुन राम्रोसंग थाहा पाउनु पर्छ’ उनले भने,‘ऋण पाउने आशमा सबै सहकारीको सदस्य हुन भएन ।’

ऋण पाउने आश र ब्याज बढी पाउने लोभमा कारोबार गरे शिव शिखर सहकारी संस्थाका बचतकर्ताको हालत जस्तै हुने चन्दले उल्लेख गरे ।

अध्यक्ष चन्दले आपूूm २५ वर्षदेखि सहकारी अभियानमा सक्रिय भएको उल्लेख गर्दै स्थानीय वासिन्दाले सञ्चालन गरेका सहकारीमा कुनै पनि समस्या नदेखिएको बताए ।

सहकारी संस्था र लघु बित्त संस्थालाई एकै भनेर बुझ्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले लघु बित्त कम्पनी ऐन अनुसार सञ्चालन भएको बताए ।

कार्यक्रममा सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष विष्णुदत्त भट्ट, कञ्चनपुर उद्योग बाणिज्य संघ उपाध्यक्ष धर्म सिह रावल, राष्ट्रिय सहकारी विकास बैंकका शाखा प्रबन्धक नविन क्षेत्री लगायतले मन्तव्य राखे ।

dirghayi clinic

सहकारी संस्थाका सह सचिव उमेशराज पाण्डेयले कार्यक्रममा सहभागी सबैलाई स्वागत गरे । कार्यक्रममा उत्कृष्ठ बचतकर्ता, असल ऋणी, एसइई उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरिएको छ । सहकारीले एसईईमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका सन्तानलाई सम्मान गर्दै आएको छ ।

यस वर्ष २०८० को एसइई उत्कृष्ठ अन्जु पनेरु र अनिल पाण्डेयलाई नगद पुरस्कार ५ हजार सहित सम्मान गरिएको छ ।
पनेरु शेयर सदस्य गणेश राज पनेरु र पाण्डेय उमेशराज पाण्डेयका सन्तान हुन् ।

घटाल मावि सुडाकी पनेरुले एसइईमा ३ दशमलव ७८ जीपीए ल्याएर उत्तीर्ण भएकी छन् । यसैगरी सार्क एजुकेशन फाउन्डेशनका पाण्डेयले ३ दशमदव १७ जीपीए ल्याएका छन् ।

उनीहरु दुबैलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका सञ्जालक जोशीले टीका लगाएर दोसल्ला ओढाएर नगद पुरस्कार प्रदान गरे ।

उत्कृष्ठ बचतकर्तामा गोबिन्द सेट्टी, खगेन्द्र प्रसाद पनेरु, जानकी भाट र हेमराज रानालाई सम्मान गरिएको छ । असल ऋणीमा हरिश सिह भण्डारी, भोजराज जोशी, खुसीराम डगौरा, दिपक धामीलााई सम्मान गरिएको छ ।

उत्कृष्ठ बाल बचकर्तामा भीमदत्त नगरपालिका १३ की भावना धामीलाई सम्मान गरिएको छ ।

आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने नारा सहित २०६५ मा सहकारी संस्थाले ३० शेयर सदस्यबाट कारोबार सुरु गरेको थियो । दुई जना कर्मचारीबाट सुरु गरिएको सहकारीमा हाल १८ जना कर्मचारी कार्यरत छन् ।

आर्थिक वर्ष २०७९÷०८० असार मसान्तसम्म सहकारीमा ५ हजार ४८ शेयर सदस्य पुुगेका छन् । सहकारीको शेयर पूँजी ३ करोड १० लाख पुगेको छ । सहकारीले आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्तसम्म ९ करोड ९४ लाख ऋण लगानी भएको छ ।

सहकारीले २०८०÷०८१ को असार मसान्तसम्म २३ करोड ५७ लाख बचत संकलन गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीले चालु आर्थिक वर्षमा एक हजार शेयर सदस्य बढाउने लक्ष्य लिएको छ । यसैगरी शेयर पूँजी ५ करोड पुगाउने लक्ष्य लिएको छ ।

सहकारीले चालु वर्षदेखि शेयर सदस्यलाई किरिया खर्च वापत ५ हजार सहयोग दिने निर्णय वार्षिक सधारण सभाबाट गरिएको छ ।

साधारण सभामा कार्य वाहक अध्यक्ष जोशीले वार्षिक र कोषाध्यक्ष विष्णु प्रसाद खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

सहकारीका सचिव ध्रुबराज पण्डितले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा सहकारीका शेयर सदस्य लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...