ghar sansar

संविधान दिवसको अवसरमा महाकाली अस्पतालका विरामीलाई फलफूल वितरण

khasi

महेन्द्रनगर । संविधान दिवस तथा राष्ट्रिय दिवश २०८१ को अवसरमा गैर सरकारी संस्था महासंघ कञ्चनपुरले विभिन्न गैर सरकारी संस्थाको आर्थिक सहयोगमा माहाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरका ८० जना बिरामीलाई फलफुल वितरण गरिएको छ ।

यसैगरी बैजनाथ धाम तथा बृद्ध सेवा केन्द्र वेदकोट रौटेलमामा रहेका २२ जना बृद्धबृद्धाहरु लाई फलफुलका साथै दही,मिस्ठान र जेरी बितरण गरिएको थियो ।

ratnam

अस्पतालमा रहेका बिरामीहरु संग समस्या र यसका समाधानका लागी गुनासो सुन्ने कुरा समेत समन्वय समितिका प्रमुख,दुर्गा दत्त बोहरा,भीमदत्त नगरप्रमुख पदम बोकटी,उपप्रमुख निलम लेखक लगायतले सुनेका थिए थप सेवाका लागी सहयोग गर्ने प्रतिबद्धता समेत गरेका थिए ।

त्यसैगरी रौटेलामा रहेको बृद्धसेवा केन्द्रमा रहेका २२ जना बृद्धबृद्धासंग समेत गुनासो तथा पीरमार्काका बारेमा छलफल गरिएको छ ।

dirghayi clinic

वृद्धसेवा केन्द्रमा संविधान दिवश तथा फलफुत वितरण कार्यक्रमको समापन गैसस महासंघ कञ्चनपुरका कार्यवाहक अध्यक्ष अमिर तिरुवाको अध्यक्षता र जिल्ला समन्वय समितिका संयोजक दुर्गादत्त बोहराको प्रमुख आतिथ्य र समन्वयका उपप्रमुख राम कुमारी राना,भीमदत्त नगरपालिका नगरउपप्रमुख निलम लेखक जोशीको विशिष्ट आतिथ्यमा गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी चक्रराज जोशी,जिल्ला प्रसासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रशुराम पोखरेल लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी भएका छन्। ।

संविधान दिवशको अवसरमा जिल्ला समन्वय समितिको अगुवाई र भीमदत्त नगरपालिका तथा बिभिन्न गैरसरकारी संस्थाहरुको सहयोग तथा सहकार्यमा जिल्लामा प्रभातफेरी,दिपप्रज्वलन,सरसफाई कार्यक्रम,बृक्षारोपण कार्यक्रम,फलफुल वितरण लगायतका कार्यक्रम गरी मनाइएको गैसस महासंघ कञ्चनपुरका सचिव अञ्जु भट्टले जानकारी दिएकी छन् ।

    

Himal dental
सम्बन्धित
Loading...