

महेन्द्रनगर । कैलालीको धनगढीमा लागुऔषध सहित दुई युवती पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट २ युवती लागु औषध सहित पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी–८ की २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेकी हुन् ।

शुक्रबार लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
