ghar sansar

एलबीएको जिल्ला स्तरीय खुला क्लासिकल बुद्धिचाल प्रतियोगितामा इन्टरनेशनलको दबदबा

khasi

महेन्दनगर । लिटिल बुद्ध एकेडेमी(एलबीए) ले आयोजना गरेको जिल्ला स्तरीय खुला क्लासिकल बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा दुई विधामा इन्टरनेशनल पब्लिक स्कुल, एउटामा ज्ञान वाटिका र खुला तर्फ एक जनाले प्रथम स्थान ल्याएका छन् ।

आधारभूततर्फ इन्टरनेशन पब्लिक स्कुलका सार्थक पन्त प्रथम, फ्लोरिडा बोर्डिङ्ग स्कुलका आयुश पन्त द्वितीय र इन्टरनेशनका सक्षम सिह तृतीय भएका छन् । इन्टरनेशनलका सार्थक पन्त तीन वर्षदेखि उत्कृष्ठ प्रदर्शन गर्दै आएका छन् ।

dirghayi clinic

यसैगरी छात्रतर्फ इन्टरनेशनलका आयुश महरा प्रथम, बाल जागृति मा.वि. का प्रशान्त विष्ट द्वितीय र रेडियन्ट मा.वि.का आदित्य नायक तेस्रो भएका छन् भने छात्रातर्फ ज्ञान वाटिकाका ईशिका भट्ट प्रथम, न्यू सरस्वती विद्या मन्दिरका पलक लुहार द्वितीय र भुवनेश्वरी विद्या मन्दिरका जानकी कुमारी खड्का तृतीय भएका छन् ।

प्रतियोगिताको खुला तर्फ बसन्त रावल प्रथम, धिरज चन्द द्वितीय र पवन अवस्थी तृतीय भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले विजेताहरुलाई नगद पुरस्कार मेडल र प्रमाण पत्र प्रदान गरे ।

Himal dental
सम्बन्धित
Loading...