ghar sansar

नदी कटान हेर्न आए सिँचाई मन्त्री, काँग्रेस प्रदेश साँसद विष्टले गराए ध्यानाकर्षण

khasi

महेन्द्रनगर । ऊर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङले कञ्चनपुर क्षेत्र नम्बर १ को नदी कटान क्षेत्रमा अवलोकन गरेका छन् । सोमबार पुनर्वास नगरपालिका सिम्रीस्थित दोदा नदिले गरेको कटान क्षेत्र, बेलौरी नगरपालिका ५ स्थित भकुण्डा कटान क्षेत्र र बेलडाँडी गाउँपालिका स्थित चौधर नदीले गरेको कटान क्षेत्रको अवलोकन गरेका छन् ।

dirghayi clinic

उनीसंगै सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना, पुनर्वास नगरपालिकाका उपमेयर भुलिया रानाले संयुक्त रूपमा अवलोकन गरेका हुन् । अवलोकनका क्रममा प्रदेश सभा सदस्य बिष्टले चौधर र दोदा नदिको कटानले गरेको क्षतिबारे मन्त्री तामाङलाई ध्यानाकर्षण गराए ।

ratnam

प्रदेश साँसद विष्टले दक्षिणी क्षेत्रको विद्युतको समस्या समाधान गर्न समेत ध्यानाकर्षण गराउँदै बेलौरी, पुनर्वास क्षेत्रमा डिमलाइटको समस्या रहेको समेत बताए । अवलोकनका क्रममा मन्त्री तामाङले समस्या समाधानका लागि तत्काल के गर्न सकिन्छ सल्लाह गरेर अघि बढाइने बताए ।

Himal dental
सम्बन्धित
Loading...