ghar sansar

भीमदत्तको नगर प्रहरी ब्यारेकमा ठेला चलाउने बालकलाई दुई घण्टासम्म गालीगलौज गर्दै कुटपिट

पिठ्युमा निलडाम, बालकलाई गाली गरेको भन्न लगाएर बनाइयो भिडियो

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको नगर प्रहरीले १४ वर्षिक एक बालकलाई आफ्नो ब्यारेकमा लगेर गाली गलौज गर्दैै कुटपिट गरेको छ ।

महेन्द्रनगर बजारमा ठेलाउँदै आएका गल्ली नं. २ का कैलाश गुप्तालाई सोमबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पूरानो केन्द्रीय कार्यालय नजिकबाट नियन्त्रणमा लिएर ब्यारेकमा लगेर कुटपिट गरिएको हो । नगर प्रहरीको कुटपिटबाट गुप्ताको पिठ्युमा निलडाम भएका छन् ।

नगर प्रहरी कार्यालय जिल्ला प्रशासन कार्यालयसंगै जोडिएको छ । उनलाई दुई घण्टासम्म ब्यारेकमा राखेर गालीगलौज गर्दै कुटपिट गरिएको हो । उनलाई २ः३० बजे नगर प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेर ब्यारेकमा लगिएको थियो ।
नगर प्रहरीले ठेलाबाट केरा उठाएपछि गुप्तालाई गाडीमा राखेर ब्यारेक लगिएको हो ।

‘मैले ओम प्रकाश मिल नजिक ठेला लगाएको थिए, त्यहाँबाट घर जान आउँदै थिए, नगर प्रहरी आएर मेरो ठेलाको सबै करा उठायो’ गुप्ताले भने, ‘मैले केरा टमाटर त दिएकै छु भने यो केरा नि किन लग्नु हुन्छ भन्दा कुटपिट गर्दै गाली राखेर लगियो, अनि त्यहाँ कुटपिट गरियो ।’

ब्यारेकमा नगर प्रहरीले कुटपिट गर्दा आफूलाई गाली गरेको भन्न लगाएर भिडियो बनाएको उनले बताए । ‘पहिला कुटपिट गरियो, त्यसपछि मलाई गाली गरेको हो भन भनेर भन्यो, अनि भिडियो बनाइयो’ उनले भने ।

नगर प्रहरीले ब्यारेकमा लगेपछि उनको घर परिवारले जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयमा खोजी गरेको थियो । नगर प्रहरीले दुई घण्टापछि छाडेपछि मात्रै उनी परिवारको सम्पर्कमा आएका हुन् ।

dirghayi clinic

‘त्यहाँबाट गाडीमा राखेर नगर प्रहरीको ब्यारेकमा लगिएको रहेछ, हामी जिप्रका र वडा पुग्यौ, त्यहाँ भेटिएन’ उनकी आमा शान्ति विष्ट गुप्ताले भनिन्,‘दुई घण्टापछि छाडेपछि मात्रै थाह भयो ।’

गुप्ता परिवारले उनलाई कुटपिट गरिएको बारे भीमदत्तका मेयर पदम बोगटी, भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा र १९ वडा अध्यक्ष जग्गुराम चौधरीलाई जानकारी गराएको बताए ।

मेयर बोगटीले सडकमा ठेला लगाएकाले कुटपिट हुन समान्य भएको जवाफ दिएको उनकी आमा विष्टले बताइन् ।

भीनपा ४ का वडा अध्यक्ष भट्ट र १९ का वडा अध्यक्ष चौधरीले भने गुप्तालाइर्ए नगर प्रहरीको ब्यारेकबाट बाहिर ल्याउन सहयोग गरेका छन् । ‘वहाँहरु दुबै जनाले भनेपछि मात्रै छाडिएको हो’ उनले भनिन् ।

सडकमा ठेला लगाएको निहुँमा बन्द कोठामा लगेर कुटपिट गर्नको कारण नगर प्रहरीले दिनु पर्ने बताइन् । ‘बच्चालाई भित्र लगेर बन्द कोठामा कुट्नु पर्ने कारण के हो, हाम्लाई त्यो कारण बताई दिनु प¥यो’ उनले भनिन् ।

सडक किनारमा फलफूल तथा तरकारी बिक्री गर्दै आएका एक जना व्यवसायीले फोन गरेपछि आएको नगर प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

भीमदत्त नगरपालिकाका नगर प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेन्द्र बोहराले घट्नाबारे जानकारी आएको र नगर प्रहरीले आफूहरुलाई गुप्ताले गालीगलौज गरेको जानकारी गराएको बताए ।

भीमदत्त नगरपालिका नगर प्रहरी व्यवस्थापन उप शाखा प्रमुख प्रशासकीय अधिकृत सुवास अधिकारीले घट्नाबारे नगर प्रहरीसित सोधपुछ गरिएको र गुप्ताका परिवारलाई छलफलका लागि नगरपालिका कार्यालयमा बोलाइएको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...