ghar sansar

बेदकोटको बैजनाथ मावि जडेपानीका विद्यार्थीलाई नेपाल लाइफले बाँड्यो झोला र कापी

khasi

महेन्द्रनगर । नेपाल लाइफ इन्स्योरेन्सको सुदूरपश्चिम प्रदेश कार्यालय अन्तरर्गत महेन्द्रनगर शाखाले बेदकोट नगरपालिका–२ जडेपानीस्थित बेैजनाथ नमूना माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला र कापी वितरण गरेको छ । कम्पनीले शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यालयका कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई झोला र कापि वितरण गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख रबेन्द्र बहादुर सिहले विद्यार्थीहरूलाइ एक सय झोला र छ सय कापी वितरण गरिएको जानकारी दिए । उनले विद्यालयमा कार्यत्रलम गरी शैक्षिक सामग्रीका रूपमा झोला र शैक्षिक सामाग्री कपि वितरण गरिएको बताए ।

विद्यार्थीको शैक्षिक गुणस्तरका लागि इन्स्योरेन्सले विभिन्न शैक्षिक सामग्री वितरण गर्दै आएको र सोही क्रममा विद्यार्थीलाई विद्यालय झोला र शैक्षिक सामग्री कपि वितरण गरिएको नेपाल लाईफ इन्स्योरेन्सका सिनियर एजेन्सी मनेजर तथा पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रिय उपाध्यक्ष महेश दत्त भट्टले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बहादुर सिहको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रम सञ्चालन विद्यालयका निवर्तमान प्रधानाध्यापक थिरेन्द्रचन्द्र भट्टले गरे ।

dirghayi clinic

विद्यालयका प्रधानाध्यापक नवराज पन्तले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख दिपक राज भट्ट विद्यालयका शिक्षक कर्मचारी मार्फत विद्यार्थीहरूलाइ झोला र शैक्षिक सामग्री कपि हस्तान्तरण गरेका हुन् ।

शैक्षिक गुणस्तरका लागि उचित शिक्षासहित आवश्यक शैक्षिक सामग्रीसमेत आवश्यक हुने भएकाले इन्स्योरेन्सले झोलालगायतका सामग्री वितरण गर्दै आएको इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख भट्टले बताए ।

कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख दिपक भट्ट, महेन्द्रनगर शाखा प्रमुख रबेन्द्र बहादुर सिंह ,पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रीय उपाध्यक्ष महेश दत्त भट्ट,बिमक समिति नेपाल लाईफ महेन्द्रनगर शाखा अध्यक्ष बिष्णु नाथ शिक्षक, विद्यार्थी, अभिभावक सहभागी भएका छन् ।

विद्यालयमा विद्यार्थीहरूलाइ झोला र शैक्षिक सामग्री कपिको आवश्यकता रहेको हुदाँ शिक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ कम्पनीले उक्त सहयोग गरेको हो ।

    

Himal dental
सम्बन्धित
Loading...