ghar sansar

शिक्षक महासंघ कञ्चनपुरको प्रथम अधिवेशन घोषणा सभामा महासंघका पूर्व उप महासचिव जोशी सहित सम्मानित

khasi

महेन्द्रनगर । नेपाल शिक्षक महासंघ कञ्चनपुरको प्रथम अधिवेशन घोषणा सभामा महासंघका पूर्व उप महासचिव हरिश प्रसाद जोशी सहितलाई सम्मान गरिएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा शनिबार गरिएको घोषणा सभामा सम्मान गरिएको छ ।

dirghayi clinic

नेपाल राष्ट्रिय शिक्षक संगठनका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा महासंघका प्रतिनिधि तुला बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

ratnam

कार्यक्रममा महासंघका पूर्व उप महासचिव जोशी सहित शिक्षक युनियनका तत्कालिन अध्यक्ष लालमनि पाण्डेय, शैक्षिक गणतान्त्रिक मञ्च कञ्चनपुरका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष नरेन्द्र सिह भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका पूर्व अध्यक्ष दामोदर भट्ट, एकीकृत अखिल नेपाल शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य खडक साउँद, अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका पूर्व अध्यक्ष नन्द बहादुर रोकाया, अखिल नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य महेन्द्र बस्नेत, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष डम्मर भण्डारी, नेपाल विद्यालय कर्मचारी परिषद्का लोक बहादुर चन्द लगायतलाई सम्मान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...