ghar sansar

सुदूरपश्चिममा दशैं तिहारका लागि ११ हजार प्रहरी परिचालन

khasi

महेन्द्रनगर । सुदूरपश्चिममा दशैं तिहार र छठ पर्वलाई लक्षित गरी ११ हजार प्रहरी परिचालन गरिने भएको हो । सुदूरपश्चिम प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्ने तयारी गरेको हो ।

dirghayi clinic

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रविन्द्र केसीले नागरिकको सुरक्षामा रहेका सात हजार प्रहरीसहित थप चार हजार प्रहरी चाडपर्वको समयमा परिचालन गरिने बताए ।

ratnam

उनले भने, ‘दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएका छौ । जनचेतना अभिवृद्धिलाई पनि लैजाने छौ । कारबाही र ट्राफिक व्यवस्थापनको पक्ष पनि बलियो बनाएका छौ । बिगतका वर्षहरुका घटनाको पनि विश्लेषण गरेका छौ ।’

दशै, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको छ। प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमासमेत रणनीति तयार पारेको छ ।

Himal dental
सम्बन्धित
Loading...