ghar sansar

कबर्ड हलमा बिहीबारदेखि सुदूरपश्चिम प्रदेश स्तरीय ब्याडमिन्टल प्रतियोगिता

little buddha academy
khasi

महेन्द्रनगर । कबर्ड हलमा बिहीबारदेखि सुदूरपश्चिम स्तरीय ब्याडमिन्टल प्रतियोगिता आयोजना हुन लागेको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गर्न लागेको छ ।

सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले प्रतियोगिता उद्घाटन गर्ने भएका छन् ।

प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा हुने आयोजक कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राहुल भट्टले जानकारी दिए । उनका अनुसार अण्डर १५, बी प्लस लेभल मेन्स डबल, खुला र ४५ प्लस भेट्रानमा प्रतिस्पर्धा हुनेछ ।

४५ प्लस भेट्रान डबलम्समा २५ टीम सहभागी हुन लागेका छन् । यसैगरी अण्डर १५ मा ५०–६० जना सहभागी हुँदैछन् । बी प्लस लेभल मेन्स डबलमा ६० टीम, खुलामा १४ टीम सहभागी हुन लागेका छन् ।

dirghayi clinic

प्रतियोगितामा खुलाका विजेतालाई प्रथम, द्वितीय, तृतीयलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार सहित ट्रफी, प्रमाण पत्र प्रदान गरिनेछ ।

बी प्लस लेभलका प्रथम, द्वितीय, तृतीयलाई क्रमशः ४१ हजार, २१ हजार र ११ हजार पुरस्कार सहित ट्रफी र प्रमाण पत्र पत्र प्रदान गरिनेछ ।

अण्डर १५ का विजेतालाई ११ हजार पुरस्कार प्रदान गरिने भएको छ । यसमा द्वितीयलाई ५ हजार १ सय र तृतीयलाई ३ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग लगायतका जिल्लाबाट खेलाडी सहभागी हुुने अध्यक्ष भट्टले बताए ।

प्रतियोगितामा ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । खेलाडीको प्रवेश शुल्क, प्रायोजना शुल्कबाट खर्च जुटाइने अध्यक्ष भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...