

महेन्द्रनगर । लाइन्स क्लब अफ महेन्द्रनगरले भीमदत्त नगरपालिका १ की नन्दा दमाईलाई आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिका १ भाँसीस्थित रौटेला खोला किनारमा बस्दै आएकी दमाई लाइन्स क्बल २५ एनका गभर्नर विनोद कुमार श्रेष्ठको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको छ ।

जग्गा जमिन नभएकी दमाई परिवार वर्षौदेखि खोला किनारमा छाप्रो बनाएर बस्दै आएको छ । क्लबले उनलाई २१ हजार सहयोग गरेको छ ।
लाइन्स क्लब अफ महेन्द्रनगरका अध्यक्ष गोकुल बोहराले दमाई परिवारको आर्थिक अवस्था दयनीय भएकाले सहयोग गरिएको बताए । उनका तीन छोरामध्ये कान्छा शारीरिक रुपमा असक्त छन् । जेठा छोराको मृत्यु भएपछि बुहारी सहित नाति नातिनी पाल्ने जिम्मेवारी दमाईको काँधमा आएको छ ।
लाइन्स क्बल २५ एनका गभर्नर श्रेष्ठले दमाईलाई सहयोग रकम हस्तान्तरण गरे । लाइन्स क्लब अफ महेन्द्रनगरका अध्यक्ष बोहरा लगायतका सहभागी भएका छन् ।
