ghar sansar

पेशागत बीमा अभिकर्ता संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी

little buddha academy
khasi

महेन्द्रनगर । पेशागत बीमा अभिकर्ता संघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा लक्ष्मी दत्त जोशी चयन भएका छन् । कैलालीको धनगढीमा संघको प्रथम प्रदेश अधिवेशनबाट जोशीको अध्यक्षतामा प्रदेश समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मीदत्त भट्ट, मिना चौधरी, केशवराज शर्मा, सचिव धन सिह ठगुन्ना, सह सचिव रेबन्त बहादुर साउँद र कोषाध्यक्ष नारायणी मैनाली चयन भएका छन् ।

,orning glory badhai

dirghayi clinic

समितिमा पार्वती नेगी, सुशिला देउवा बम, रमेश कुमार चौधरी, ललित चन्द, शान्ति मल्ल, नरेन्द्र कलौनी, सुनिता चौधरी, शारदा कुमारी ओझा जोशी छन् । शुक्रबार धनगढीमा शपथ ग्रहण तथा घोषणा सभा आयोजना हुने भएको छ ।

प्रथम प्रदेश अधिवेशन संयोजन समितिका संयोजक धनसिह ठगुन्नाको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख हृदय पण्डित प्रमुख र पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष एबम् सुदूरपश्चिम प्रदेश ईन्चार्ज महेश दत्त भट्ट विशिष्ट अतिथि थिए ।

अधिवेशन संंयोजन समितिका सदस्य राजेन्द्र बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

अधिवेशनमा सुदूरपश्चिम प्रदेशका विभिन्न शाखा कार्यालयमा कार्यरत १४ जीवन बिमा कम्पनीका अभिकर्ताहरू सहभागी भए । १५ सदस्यीय प्रदेश समितिमा ६ सदस्य पछि मनोनित हुने बताइएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...