

महेन्द्रनगर । एकीकृत राष्ट्रिय विकास मञ्च मञ्च बेदकोटले सर्भाइभर लिडरसिप फन्ड प्रोग्राम अन्तर्गत बेदकोट ६ ओझाखाली शिविरमा स्वास्थ्य शिक्षा कार्यकक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा मुक्त कमैय शिबिरका नागरिकको स्वास्थ्य जाँच, पोषण, असल आहार व्यवहार सम्बन्धी जानकारी दिएको छ ।

समुदायमा नुन र चिनीको धेरै पयोग गर्ने र यसबाट भविष्यमा जोखिम बढ्ने भएकाले नुन चिनी भात कम खान र तरकारी दाल बढी खान र स्वस्थ रहने सम्बन्धि जानकारी दिइएको छ । महिलाहरुमा रक्तअल्पता रहेको पनि पाईएको छ । कार्यक्रममा २५ जना सहभागी भए ।


संस्थाले आय आर्जनका काम गरेको, तरकरी खेती तालिम भविष्यमा दिएर तरकारीको बीउ जितरण गर्ने कार्यक्रम छ । हालसम्म सिलाई कटाइ तालिम १० जनालाई दिएको, महिला चिकित्सकबाट तीन मोबाइल हेल्थ क्याम्प सञ्चालन गरिएको, लैङिक हिंसा न्यूनीकरण सम्बनिध ओरिन्टेसन गरेको र नेतृत्व विकास तालिम पनि भविष्यमा सञ्चाmन गर्ने बताइएको छ ।
यसै गरी विपन्न २० जना बाल बालिकालाई शैक्षिक सामाग्री कपडा र झोला वितरण गरेको छ ।कमजोर आर्थिक अवस्थाका १० जना एकल महिलालाई बाख्रा बितरण गर्ने कार्यक्रम छ ।

बेद्कोट ६ ओझाखाली बिचफाँटा र धरम्पुरमा गरी तीन शिविरमा झण्डै एक हजार वासिन्दा बसोबास गर्छन् ।
