ghar sansar

दशैंको नाच हेरेर घर फर्किएका बेलौरीका चौधरी सामुदायिक वनमा मृत भेटिए

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाका एक युवक मृतक भेटिएका छन् । बेलौरी नगरपालिका ५ मैनाबाट सोमबार दशैंको नाच हेरी घर फर्किएका चौधरी मंगलबार सोही वडाको पुष्पपाल स्मृति सामुदायिक वनमा मृत भेटिएका हुन् । उनी बेलौरी ६ का ढक्काचादरका हुन् ।

dirghayi clinic

साथीहरुसंगै मोटरसाइकलमा फर्किएका उनी सोमबार राति १;३० बजे बन्तरिया जंगलमा अचानक हात्तीको आवाज सुनेपछि चौधरी आफूले चलाएको से ४ प ८६१८ नम्बरको मोटरसाइकल छाडेर भागेका थिए ।

ratnam

त्यसपछि उनीसंगै मोटरसाइकलमा सवार सोही वडाका रोशन चौधरी र नबिन चौधरी सम्पर्कमा आएपछि स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालउ बेलौरीको टोली परिचालन गरिएको थियो ।

प्रहरीले खोजी गर्ने क्रममा ०६;४० बजे उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी मृत भेटिएको स्थान वरपर हात्तीको दिशा र रुखहरु समेत मडारेको जस्तो देखिएको प्रहरीको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...