


महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले नेपाल निर्माण व्यवसायी महासंघका स्वर्गिय अध्यक्ष एबम् सहिद शरद कुमार गौचनको ७ औँ स्मृति दिवस मनाएको छ । संघको कार्यालयमा संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टको अध्यक्षतामा कार्यक्रममा गरिएको छ ।
कार्यक्रममा गौचनको तस्बिरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिइएको छ । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य प्रेम प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कमलेश कपाडी लगायत संघका पदाधिकारी, सदस्य, पूर्व अध्यक्ष सहभागी भएका छन् ।
