

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय पार्क(भीम वाटिका) मा सरसफाई गरेको छ । सहकारीले दशैको अवसर पारी संस्थाको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सरसफाई गरेको छ ।
सरसफाईमा संस्थाका अध्यक्ष नारा जोशी, उपाध्यक्ष निरञ्जन प्रसाद भट्ट, प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्द लगायत सहकारीका सञ्चालक, कर्मचारी सहभागी भए ।



पार्क सरसफाई संगै रङ्गरोगन गरिएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्दले रङ्गरोगनले पार्कको सौन्दर्य थपिएको बताए ।

